

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंगलबार (आज) अपरान्ह ३ बजे गठबन्धनका शीर्ष नेतासहितको बैठक पुनः बस्ने भएको छ ।सिट बाँडफाँट कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेपछि बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । आजको बैठकले सिट बाँडफाँटका सन्दर्भमा निष्कर्षमा पुग्ने सम्भावना रहेको कार्यदलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए ।
सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले मापदण्डमा छलफल गरे पनि ठोस प्रस्ताव तयार पार्न सकेको छैन । शीर्ष तहबाट बाँडफाँटको मापदण्डमा सहमति जनाएपछि निर्वाचन क्षेत्रको बाँडफाँट हुने बताइएको छ । गठबन्धनमा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान माओवादीमार्फत सहभागी भइसकेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७