

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पाण्डे केहीबेर अगाडि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएका नेता गिरीको अस्पतालमै शनिबार राति ९.३० बजे निधन भएको थियो । गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अस्पताल परिसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तक अहिले भेला भएका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादव, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता डा शेखर कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उदयशम्शेर राणालगायत अस्पताल पुग्नु भई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
स्व गिरीको पार्थिव शरीर अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिएको र बिहान ११.३० बजेदेखि दिउँसो २.०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिनेछ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७