TRENDING

काठमाडौंबाट ६० टिपर फोहोर बन्चरेडाँडा पठाइयो, स्थानीयको अवरोध कायमै

काठमाडौं। बिहिबार काठमाडौंबाट थप ६० टिपर फोहोर बन्चरेडाँडा पठाइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको हो । कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ लगिएको हो। तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन्। बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका छन् ।