

काठमाडौं । काठमाडौं महानगरपालिकाले कंलकीमा रहेको खसीबजार हटाउन सूचना जारी गरेको छ । महानगरले बिहीबार (आज) जारी गरेको उक्त सूचनामा १५ दिनभित्रमा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको हो ।
भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातवरणमा गम्भीर असर परेको भन्दै स्थानीय वासीहरूले सामूहिक उजुरी दिएका थिए ।
सोही अनुसार महानगरले वातावरण सम्बन्धी अध्ययन प्रतिवेदन एवं वडाबाट प्राप्त पत्र समेतको आधारमा उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको पाइएको बताएको छ ।
वस्तीको बीचमा यस्ता प्रकृतिका व्यापार व्यवसायलाई निरुत्साहित गर्दै प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने नेपालको संविधान २०७२ को धारा ३० को मौलिक हकको प्रत्याभूति र प्रचलन गर्न समेत आवश्यक भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११९२०ञ समेतका आधारमा यो सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।
१५ दिन भित्र नहटाए कानून अनुसार हटाइने महानगरको भनाइ छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७