

काठमाडौं । एकै दिन तीन कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, श्वेटगंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा अपर सोलुको १ करोड ३५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको स्टक सिम्बोल यूएसएचइसी रहेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि १०८ रुपैयाँ २१ पैसादेखि ३२४ रुपैयाँ ६३ पैसासम्म ओपन रेञ्ज तोकेको छ । अपर सोलु हाइड्रोले असार २० गतेबाट २३ गतेसम्म सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओ असार ३० गते बाँडफाँड भएको थियो । कम्पनीको सेयर १ लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यस्तै, नेप्सेमा श्वेत गंगा हाइड्रोपावरको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको स्टक सिम्बोल एसजीएचसी रहेको छ । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिसेयर ८९ रुपैयाँ ८८ पैसादेखि २६९ रुपैयाँ ६४ पैसासम्म ओपन रेञ्ज तोकेको छ ।
कम्पनीले साउन ४ गते बुधवारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । कम्पनीको आईपीओमा कुल १५ लाख ४३ हजार ९४५ जनाले आवेदन दिएका थिए। कम्पनीको आईपीओ २ लाख २७ हजार २ आवेदकलाई १० कित्ताका दरले सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ५ जनालाई थप १र१ कित्ता सेयर वितरण गरिएको थियो ।
त्यसैगरि, उक्त दिन मन्दाकिनी हाइड्रोपावरको ५८ लाख ८० हजार ३६९ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको स्टक सिम्बोल एमएचल रहेको छ । कम्पनीको आईपीओ पहिलो कारोबारका लागि नेप्सेबाट प्रतिसेयर १०२ रुपैयाँ देखि २०६ रुपैयाँसम्म ओपन रेञ्ज तोकेको छ । कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको आईपीओ रितपूर्वक आवेदन दिने १ लाख ९ हजार ३ सय ७४ जनाले सेयर हात पारेका छन् । यी मध्ये ९ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकै सबैले १०/१० कित्ता सेयर पाएका छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्न तोक्ने गर्दछ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७