TRENDING

रवि लामिछाने नेतृत्वको पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने

काठमाडौं। रवि लामिछाने नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनमा भाग नलिने भएकोे छ । आगामी ४ मंसिरमा भएको निर्वाचनमध्ये संघीय चुनावमा मात्र पार्टीले भाग लिने अध्यक्ष लामिछानेले बताएका छन् । लमिछानेले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

उनले यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।