

काठमाडौँ । काठमाडौँबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ । काठमाडौँबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएपछि चीनले उडानमा रोक लगाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ती यात्रुमा कोरोना देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो । यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौँ/कुन्मिङ उडान अनुमति दिएको थियो । कोरोनाका कारण चीनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको थियो। चीनले गत महिनादेखस छेन्दु र कुन्मिङका लागि सातामा एक/एक गरी नेपाल उडान खुला गरेको छ ।
चीन जाने यात्रुले काठमाडौँमा रहेका चारवटा अस्पतालमा पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न पाउँछन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७