TRENDING

साउन महिनाको अन्तिम दिन आज यस्तो छ सूनचाँदीको दरभाउ

काठमाडौं । साउन महिनाको आज अन्तिम दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । सोमबार अर्थात हिजो ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन महिनाको अन्तिम काराबोर दिनका लागि तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै, उक्त दिन चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २२० रुपैयाँ कायम भएको छ ।