

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण आज ८सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा ५ हजार ७ सय ३७ परीक्षणमध्ये ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन् ।
आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै होम आइसोलेशनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेशनमा एक सय ९९, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७