

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेंगु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ। आज ६५ डेंगु बिरामी फेला परेको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ। डेंगु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए।
वडा नम्वर ३, १२, १४, १५ र १७ मा पनि डेंगुका बिरामी फेला परेको र ती बिरामीलाई अहिले चिकित्सकले परीक्षण गरी चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको उनले जानकारी दिए। उपमहानगरपालिकाको विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले स्वास्थ्यकर्मी परिचालन गरी रगतको नमूना सङ्कलन गर्ने र प्रत्येक वडाको टोलटोल पुगेर डेंगु रोगका बारेमा जानकारी दिने बताए।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७