

काठमाडौं। नेपाली फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सरेको छ। असोज १४ का लागि प्रदर्शन मिति तय गरेर प्रचार सुरु गरेको फिल्म युनिटले नयाँ मिति तय गरेको छ। अब यो फिल्म फागुनमा ५ मा रिलिज हुने भएको छ। नारायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा प्रकाश सपुत र केकी अधिकारीले शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्म निर्माता राजेश वंशलले वितरक, हल सञ्चालक एवं चलचित्रकर्मीहरुसँगको सल्लाहमा चलचित्रलाई फागुनमा सारिएको बताएका छन्।
फिल्मको प्राविधिक काम बाँकी नै रहेकाले र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले असोजबाट फागुनमा सरेको निर्देशक रायमाझीले बताए। निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छाैँ।’ यो फिल्ममा केकी र प्रकाशका साथमा प्रशान्त तामाङ्, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्। प्रकाश यहि फिल्म मार्फत ठूलो पर्दामा डेब्यु गर्दै छन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७