TRENDING
होमपेज
एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता


काठमाडौं। एमाले अध्यक्ष केपी शर्माओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ । ‘भेटवार्तामा चुनावी तालमेल र सहकार्यका विषयमा सामान्य छलफल भएको र त्यसका लागि संवाद सुरु भएको छ’ राप्रपाका प्रवक्ता मोहन पाठकले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए । अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको हो । भेटवार्ताका लागि अध्यक्ष लिङ्देन ओली निवास बालकोट पुगेका हुन् ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७