

काठमाडौं। विश्वकप २०२२ को एक सय दिनको काउनडाउन औपचारिक रूपमा घोषणा गर्दै फिफा र कतारले उद्घाटन मिति र उद्घाटन खेल तालिकामा हेरफेर गरेका छन् । फिफा र कतारले समर्थक, प्रायोजक र प्रसारकका लागि सहयोगी हुने भन्दै पूर्वनिर्धारित तालिकामा परिवर्तन गरेको हो। नयाँतालिकासँगै आयोजक कतार र इक्वेडरबीचको खेल पूर्वनिर्धारित तालिका भन्दा २४ घन्टा अघि आयोजना हुने भएको छ।
फिफाले बिगतमा पनि आयोजक राष्ट्रको खेल उद्घाटन सामारोह लगत्तै राखिने परम्परा भएकाले त्यसलाई निरन्तरता दिएको जनाएको छ। ‘प्रतियोगिता सुरु हुन तीन महिनाभन्दा पनि कम समय बाँकी छ। यो निर्णय आश्चर्यजनक रूपमा आएको छ। फिफाले भने अध्यक्ष जियानी इन्फान्टिनो र ६ महादेशका फुटबल प्रमुखको छलफलपछि सो निर्णय लिएको बताएको छ।
पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा हुने तय थियो। यसअघि नोभेम्बर २० मा सेनेगल र नेदरल्यान्ड्सविरुद्ध उद्घाटन खेल हुने तालिका रहेको थियो। नयाँतालिकाअनुसार समूह ‘ए’अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीचको खेल नोभेम्बर २१ मा हुनेछ। फिफाले तालिका परिवर्तन भए पनि उद्घाटन खेलको टिकट किनेका समर्थकमाथि त्यसको कुनै असर नपर्ने बताएको छ। कतारले सन् २०१० मा विश्वकप २०२२ को आयोजना अधिकार पाएको थियो।
मानव अधिकार उल्लंघन गरेको भन्दै लगातार विरोध भए पनि कतारले त्यसको खण्डन गर्दै आएको छ। कतार विश्वकप यस पटक नोभेम्बर डिसेम्बरमा आयोजना हुँदै छ। यसअघि जुन–जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक जाडो याममा हुने लागेको हो।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७