TRENDING

शुक्रबार ७८१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं। नेपालमा शुक्रबार एकैदिन ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ७१२ जनाको नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २ हजार २९० जनाको पीसीआर परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।

थप ७८१ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ। २४ घण्टाको अवधिमा ५११ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ।