TRENDING

एमालेको सचिवालय बैठक शुरू, चुनावी एजेण्डामा छलफल हुने

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरू भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । एमालेले चुनावी तयारीको लागि सचिवालय बैठक बोलाएको छ ।सचिवालय बैठकले सबै कमिटीको बैठकको मिति तोक्ने र चाडै पार्टीका सबै कमिटीको बैठक राख्ने तयारी एमालेले गरेको छ । सरकारले आगामी मंसिर ४ गते गर्ने गरी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि एमाले चुनावी तयारीमा जुट्न लागेको हो ।