TRENDING
होमपेज
रियल म्याड्रिडले जित्यो सुपर कपको उपाधि


काठमाडौँ । रियल म्याड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जर्मनी क्लब एनट्राचट फ्र्यांकफर्टलाई २-० गोल अन्तरले पराजित गर्दै युइएफए सुपर कपको उपाधि जितेको हो । रियल म्याड्रिडको जितमा डेभिड अलाबा र करिम बेन्जमाले एक एक गोल गरेका थिए । खेलको ३७औं मिनेटमा कासेमिरोको असिस्टमा अलाबाले रियल म्याड्रिडका लागि शुरुवाती गोल गरेका थिए भने दोस्रो गोल खेलको ६५औँ मिनेटमा भिनिसियस जुनियरको असिस्टमा करिम बेन्जमाले गरेका थिए ।
यो जितसँगै च्याम्पियन्स लिग र युरोपा लिगको विजेतावीच खेलिने युइएफए सुपरकपको उपाधि रियल म्याड्रिडले पाँचौं पटक जितेको छ । पाँचौं पटक यो उपाधि जितेर रियल म्याड्रिडले धेरै पटक जित्ने बार्सिलोना र एसी मिलानको बराबरी गरेको छ । रियल म्याड्रिडले यसअघि २०१७ मा युइएफए सुपरकपको उपाधि जितेको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७