

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार तीनसय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय छ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ३८ घर फर्किएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।
अहिलेसम्म ११ हजार नौ सय ७४ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आइसियु)मा ६१ जना र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ७१ हजार आठ सय ३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७