TRENDING

विप्लवसहित नेकपाका झण्डै ३ दर्जन नेताहरूमाथि पक्राउ पुर्जी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले सोमवार विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनीमाथि हातहतिराय तथा खरखजाना समेतको मुद्धा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्धा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्धा लागेको समेत सूचनामा उल्लेख गरिएको छ ।

उनीमाथि लागेका यी मुद्धाहरूमा म्याद बेपत्ते तामेल भएकाले पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ । अदालतले विप्लवसहित पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड लगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।