

काठमाडौं । सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभाको मिति घोषणा गर्ने तयारी गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद्को नियमित बैठकले दुई निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्दा उपयुक्त हुने सुझाव दिएको एक महिना बित्न लाग्दा सरकारले पनि मिति घोषणा गर्न लागेको छ । सरकारले यसअघि नै निर्वाचनको मिति घोषणाको तयारी गरेको भएता पनि अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेपछि गठबन्धन रोकिएको थियो ।
चालु आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गर्न लगाएको आरोपपछि विवादमा आएका शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए । यद्यपी शर्मामाथि लागेको आरोपको छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि शर्मा आइतबार नै पुन अर्थमन्त्रीमा नियुक्त भएका छन् । शर्मामाथिको छानबिन सकेर उनलाई मन्त्रालयमा फर्काएपछि मात्र निर्वाचनको मिति घोषणा गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई दवाब दिएका कारण थाँती रहेको निर्वाचनको मिति घोषणा सोमबार नै हुनसक्ने अनौपचारिक छलफल चलिरहेको माओवादीका एक नेताले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकेको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७