

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी साथै कार्यालय तोडफोड भएको छ । बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताले मेयर साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै तोडफोड गरेका हुन ।
छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन ।वार्तामा बसेका पीडितको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी दिएलगत्तै आक्रोशित पीडितको समूह उनको कार्यकक्षतर्फ गएका थिए । त्यसक्रममा पीडित र प्रहरीबीच ठेलमठेल भएर स्थिति तनावग्रस्त भएको थियो ।
पीडितहरूले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन गरेनन । थप अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा पनि घटनास्थल पुगेका थिए ।
साँझ साढे ६ बजेसम्म पनि मेयर साम्पाङले सम्बोधन नगरेपछि पीडित घर फर्किएका थिए । उनीहरूले सोमबार पुनः ११ बजे उपमहानगरपालिका घेराउ गर्ने घोषणा गरेका छन । आइतबार पीडितहरू फर्किएपछि मात्र मेयर साम्पाङ उपमहानगरपालिकाको गाडीमा फर्किएका थिए ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७