

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ । फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट-पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् । कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् ।
यो दृश्यले सुधार गृहमा पुगेको राजा पात्रलाई बाहिर कुरेर बसिरहेका अन्य पात्रको दृश्यको रुपमा देख्न सकिन्छ । यो दृश्यलाई फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ । ‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंखलामा दीपक यही दृश्यमार्फत कमब्याक भएका छन् । छायांकन सुरु भएको तीन दिनमै मुख्य पात्र समेत रहेका दीपकराज गिरीको लुक्स बाहिरिएको हो ।
हेमराज विसीको निर्देशनमा फिल्म छायांकन भैरहेको छ । फिल्ममा दीपक, बेनिशा, शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय छ । अनलाईन खबरबाट साभार
https://www.tiktok.com/@atitjohan7/video/7125430950560910618?is_copy_url=1&is_from_webapp=v1
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७