TRENDING

शुक्रबार थपिए ५७७ कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। ४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ।