

महोत्तरी। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार मसान्तसम्ममा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ रु एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु ४३ करोड ५२ लाख सङ्कलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार सङ्कलन गरेको छ ।
त्यसैगरी अन्तशुल्क तर्फ रु पाँच करोड ३१ लाख ६९ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार सङ्कलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७