

बीबीसी। कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ । मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ । कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ । फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा भएको २७ सदस्यीय टोली सहित बन्द प्रशिक्षणको थालनि गरेको हो । कतारले २१ नोभेम्बरमा इक्वेडरविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ । त्यसअघि कतारले क्यानडा र चिलीसँग मैत्रीपूर्ण पनि खेल खेल्नेछ । पहिलो चरणको तयारी स्वरुप कतारले स्पेन भ्रमण गरेको थियो । त्यसलगत्तै कतारले अस्ट्रिया भ्रमण गर्ने तालिका छ । जहाँ कतारले घाना, मोरक्को र जमैकासम्मेलित प्रतियोगितामा खेल्नेछ ।
कतार सुपर लिग (क्यूएसएल) टोलीका एक सदस्यले खेलाडीहरुलाई विश्वकप सुरु हुने लामो समय बाँकी रहेको बेला नै बन्द प्रशिक्षण राख्दा उनीहरुको मानसिक दृष्टिकोणले राम्रो नभएको बताए ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७