

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उपत्यकामा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ । विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पु¥याँउदैै आएको बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३५ वटा शाखाहरु र बागमती प्रदेशमा मात्र ४९ वटा शाखाहरु हाल संचालनमा रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताउनु भयो ।सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्र्दे आएको यस बैंकले आर्थिक बर्ष २०७८/७९ को चौथो त्रैमासिक सम्ममा रुस् २ अर्व २५ करोड खुद नाफा गर्न सफल भएको छ । यसै अवधिमा रु स् १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३६ अर्ब कर्जा प्रबाह गरेको छ । त्यसै गरि कर्जा निक्षेप अनुपातका साथ अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सीमा भित्रै कायम गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३१ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७