

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् । बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ आफ्नो धारणा राखेको पोखरेलले बताए ।
‘आज बोल्ने नेताहरुको धारणा सकिएन । राष्ट्रिय सभाको बैठक भएकाले बैठक सकियो । भोलि पुन विहान ८ बजे बैठक बस्ने छ’ पोखरेलले भने। बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवाद र स्थानीय चुनावमा भएको अन्तर्घातका विषयमा समेत छलफल हुने बताएको छ । यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लाग्ने भएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७