TRENDING

प्रभु बैंक र हङ्गर हव रेष्टुरेण्ट बिच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र हङ्गर हव रेष्टुरेण्ट एण्ड बार बिच आकर्षक छुट गर्ने सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र हङ्गर हव रेष्टुरेण्ट एण्ड बारको तर्फबाट अध्यक्ष तीर्थ लाल महर्जनद्घारा बुधबार (हिजो) हस्ताक्षर गरि सम्झौतामा गरिएको हो । प्रभु बैंक र उक्त रेष्टुरेण्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रा. लि.द्धारा सञ्चालित रेष्टुरेण्टमा “फुड” र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने जनाईएको छ ।

रेष्टुरेण्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, रेष्टुरेण्टले सेवाहरुमा आकर्षक छुट दिईने व्यवस्था मिलाईएको छ ।सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास पनि लिएको छ ।