TRENDING

सांसदहरूलाई मास्क लगाउन सभामुखको आग्रह

काठमाडौं। पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकोले सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।

उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।