

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उहाँले स्वाभिमानी थापाले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो । “थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ” प्रधानमन्त्री देउवाले भन्नुभयो ।
महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उल्लेख गर्नुहँुदै उहाँले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गर्नुभयो ।
कार्यक्रममा रु एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो । पुरस्कार ग्रहण गर्नुहुँदै प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापाले भक्ति थापाका विषयमा अध्ययन अनुसन्धानका लागि पुरस्कारबाट प्राप्त रकमलाई सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रा डा त्रिरत्न मानन्धर, प्रतिष्ठानका सदस्य–सचिव लक्ष्मण थापालगायतले नेपालको एकीकरण, इतिहास एवं राजनीतिक क्षेत्रमा भीमसेन थापाले गर्नुभएको महत्वपूर्ण कामका बारेमा व्याख्या गर्नुभएको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७