TRENDING
होमपेज
प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी


काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त गर्नुभएको थियो । युनियनको हेटौँडामा आइतबार सम्पन्न नवौँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा एक हजार ६७९ मतदातामध्ये एक हजार ३९७ मत खसेको थियो । यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा प्रेम केसी, उपाध्यक्षद्वयमा नकुल अर्याल र भीष्मराज ओझा,उपाध्यक्ष महिलामा सलोजा दाहाल र उपाध्यक्ष समावेशीमा दीपेन्द्र वान्तवा विजयी हुनुभएको छ ।
युनियनको महासचिवमा दिलीप पौडेल र कोषाध्यक्ष माधव धिताल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७