TRENDING

नेपालमा आईतबार थप ३४७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०३ र एन्टीजेन परिक्षण गर्दा ४४ गरी जम्मा ३४७ जना नयाँ संक्रमित थपिएका हुन । त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोनामुक्त भएका छन । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८८८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ७८ हजार २२८ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार १७७ जना रहेका छन ।