

बाँके। बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ । नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगरसभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७