

काठमाडौं। सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिकाे प्रावधान यथावत राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ ।
त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । उपत्यका बाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गरिएको छ । नयाँ दरअनुसार अब काठमाडौंबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ । यसअघि २ सय ८३ थियो । त्यस्तै काठमाडौंबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ ।
काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ रुपैयाँ पुर्याइएको छ । त्यसैगरी काठमाडौं-नारायणगढ-हेटौडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकोमा अब ६ सय ६४ कायम गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७