

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच आज पनि भेट्ने तयारी गरेका छन । गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरु बीचको समय स्थान भने तय भइनसकेको बताइएको छ । प्रचण्ड बाबुराम एउटै पार्टीमा हुनेगरी सघन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले बताए । प्रचण्ड बाबुराममा सैद्धान्तिक वैचारिक विषयलाई मिलाउनुपर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको ती नेताले बताए । बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा छन् ।
प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुनेगरी छलफल चलिरहेको छ । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् ।
उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूबीच अहिलेसम्म दुई पटक भेटघाट भैसकेको छ । यद्यपि, उनीहरुबीचको सहमतिले मूर्तरूप लिइसकेको छैन ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७