

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक जारी छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकमा १२ बुँदामा एजेन्डा राखिएको छ। जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ। पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ। कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फाको अध्यक्ष बनेका पंकज विक्रम नेम्बाङलाई निकै दबाब छ। आज सीईओ, प्रवक्ता, तीन सह-महासचिव, मानार्थ अध्यक्षसहित विभिन्न पदमा पनि नियुक्ति गर्ने तयारी छ।
यस्तै आजको बैठकमा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको बारेमा पनि टुंगो लगाउने तयारी छ। अध्यक्ष नेम्बाङसँगको विवादले यस अघि राजीनामा दिएका अलमुताइरी हाल नेपाल आएका छैनन्। खेलाडी र मुख्य प्रशिक्षक विवाद पनि झन पेचिलो बनेको छ।
गत सोमबार बोलाएको बैठक अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७