TRENDING

अपर स्याङ्गे हाइड्रोले आईपीओ निष्कासन गर्न सेबोन सँग अनुमति माग्दै

काठमाडौं। अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ ।

कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको कम्पनले जनाएको छ । कम्पनीले आयोजनाको कुल ४६ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रतिमेगावाट लागत १९ करोड २१ लाख रुपैयाँ पर्ने अनुमान छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।