

काठमाडौं। पछिल्लो एक सातादेखि निरन्तर रूपमा वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक ४.८९ अंक बढेर २०५०.५९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९७ अंक बढेको छ भने फ्लोट इन्डेक्स ०.०६ अंक र सेन्सेटिभ इन्डेक्स ०.०१ अंकले बढेको छ। बुधबार कारोबारमा आएका दुई सय १५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता सेयर एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।
बुधबार नेप्से परिसूचक झिनो अंकले बढे पनि कारोबार रकम भने गिरावट भएको छ । मंगलबार दुई अर्ब २९ करोडको सेयर कारोबार भएको थियो । बुधबार नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बिमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक घटेका छन् । नेप्से झिनो अंकले बढ्दा मल्टिपर्पस फाइनान्सको सेयरमूल्य ५.६९ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३५ प्रतिशत बढेको छ। तर, यता, लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य चार प्रतिशतभन्दा बढी घटेको छ । बुधबार शिवम सिमेन्ट्स कम्पनीको १६ करोड ४२ लाख ५९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७