

काठमाडौँ। संगीतकार वसन्त सापकोटाले आफ्नो लगानीका गीतहरु सार्वजनिक कार्यक्रममा नगाउन आग्रह गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै सम्झौता नगरी आफ्नो लगानीका गीतहरु अब आइन्दा कुनै पनि कार्यक्रममा नगाउन अनुरोध गरेका हुन् । यदी आफ्नो अनुमतिबिना गीत गाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रियामा जानेसमेत उनले चेतावनी दिएका छन् ।
‘सार्वजनिक कार्यक्रमहरुमा गायक वा गायिकाले गीत गाउँछन तर निर्माताको अधिकारलाई महत्व दिएको हुँदैन । त्यसैले यो प्रवृति सुधार गर्नुपर्छ भन्नको लागि मैले यस्तो आफ्नो धारणा सार्वजनिक गरेको हुँ,’ उनी भन्छन्, ‘निर्माताको अधिकार के हो भन्ने कुरामा बहस हुनु आवश्यक छ । मैले गीत नगाउन भनेको होइन, प्रक्रिया र्पुयाएर गाउन मात्र भनेको हुँ।’
सापकोटा रोयल्टी संकलन समाजका कोषाध्यक्षसमेत हुन्। उनले थुप्रै गीतहरुमा संगीत भरिसकेका छन भने आफै स्वरमा केही गीत गाउने र रचनासमेत गरेका छन । ‘सागर सरी चोखो माया तिमीलाई दिउँला,’ ‘नाइँ नभन्नु ल’लगायत थुप्रै चर्चित गीतहरुमा सापकोटाले संगीत भरेका छन्। उनले गाएका ‘सान्नानीलाई भेट्न आउँदा रातै र्पयो बाटैमा’, ‘जाली रुमाल धुँदा धुँदै फाट्यो’ लगायत थुप्रै गीत चर्चित छन ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७