

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्। क्यानडा र स्कटल्यान्ड भ्रमणबाट नेपाली टोली फर्किएलगत्तै पुबुदुले राजीनामा दिएको जानकारी दिएका हुन्। पुबदुले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र पठाएका थिए। उनले व्यक्तिगत कारणले टिम छाडेको राजीनमामा उल्लेख गरेका छन्। एक साताअघि राजीनामा दिए पनि उनले बुधबार मात्र पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएका हुन्।
क्रिकेट विश्वकप लिग २ खेलिरहेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन मुस्किल परेपछि पुबुदु दबाबमा थिए। पछिल्लो पटक अमेरिका, क्यानडा र स्कटल्यान्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्न सकेको थिएन। त्यसअघि क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत अमेरिका भ्रमणमा पनि नेपालले गतिलो प्रदर्शन गरेको थिएन। अमेरिकामा नेपालले ओमानसँग एक खेल जितेको थियो भने अमेरिकासँग एउटा खेल टाइ भएको थियो। बाँकी दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसपछि क्यानडासँगको एउटा एक दिवसीयमा पनि नेपाल पराजित भएको थियो।
क्यानडाबाट लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न स्कटल्यान्ड गएको नेपालको लक्ष्य कम्तीमा तीन खेल जितेर लिगको पाँचौँ स्थान बलियो बनाउने थियो। तर, तीन खेलमा हारेर नेपाल छैटौँ स्थानमा नै यथावत् रहेपछि ओडीआई मान्यता जोगाउन मुस्किल बनेको छ। पुबुदुले गएको मंसिरमा नेपाल नेपाल क्रिकेट संघ (क्यान)सँग दुई वर्षे सम्झौता गर्दा ओडीआई मान्यता जोगाउने पहिलो लक्ष्य भएको बताएका थिए। तर, पछिल्लो समय नेपालको प्रदर्शन निरन्तर खस्किँदा उनी संकटमा परेका थिए।
पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए। त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा गरेको थियो। सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा उनले छनौट गराएका थिए।
नेपालले सन् २०१८ मा ओडीआई मान्यता पाउँदा त्यसको जग बसाउने श्रेय उनैलाई दिइएको थियो। पुबुदु अगाडि छोटो समयका लागि नेपाली टिम सम्हालेका डेभ ह्वाटमोरले नेपालको ब्याटिङ समस्यालाई केही हदसम्म समाधान गरेका थिए। तर, पुबुदु आएपछि त्यो समस्या फेरि बल्झिएको छ।गत मंसिर अन्तिममा पुबुदुले पद संहाल्दा खेलाडी र क्यानबीच विवाद थियो। खेलाडी पनि विभाजनको अवस्थामा थिए। क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो। यसबाट खेलाडीमा फुट आएको थियो। पछि मल्ललाई क्यानले टिमबाटै हटायो। त्यसलगत्तैका श्रृङ्खलामा नेपालले लगातार कमजोर प्रदर्शन गरेको छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७