

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको शक्तिमा मात्रै आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तह निर्वाचनमा समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष नेपालले गठबन्धनको शक्तिमा मात्रै निर्भर नहुन निर्देशन दिएका हुन्।
आफ्नो भन्दा अरूको शक्तिमा भरपर्दा कमजोर भइने नेपालको भनाई छ। ‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दोरहेछ,’ उनले भने, ‘अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन।’ आफ्नो आधार र शक्ति बनाउन नसक्नेले मात्रै अरूको भर गर्नुपर्ने उनको भनाई छ। समाजवादी आफ्नै आधार निर्माण गर्न सक्षम रहेकाले बढी सिट जित्नेगरी अघि बढ्नुपर्ने उनले बताए। ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो,’ उनले भने।गठबन्धनको अभ्यास गर्दा धैरै ठाउँमा कमजोरी भएकाले अब त्यसलाई सुधारेर अघि बढ्नुपर्ने उनको भनाई छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७