TRENDING

रवीन्द्र मिश्रलाई पुनः कोरोना संक्रमण

काठमाडौं । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको बताए । उनलाई यसअघि छ महिना पहिले पनि कोरोना लागेको थियो । मिश्र केही दिनदेखि बिरामी थिए । ‘अहिले फेरि कोरोना संक्रमण भयो। लक्षणहरू पहिलो पटकजस्तो कडा छैन,’ उनले भने, ‘ज्वरो, कम्मर दुखाइ र घाँटीमा समस्या छ।’

मिश्र घरमै आराम गर्दैछन्। उनले मंगलबार आफूले कसैसँग पनि भेटघाट नगरेको र त्यसअघि आफूसँग भेटेकाहरूलाई विचार र्पुयाउन आग्रह गरेका छन । पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढेको छ।