

श्रीलंका। श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो । आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र माक्र्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा हुनुहुन्छ । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवद्र्धनेले प्रस्ताव गर्नुभएको थियो ।
दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पोदुजाना पेरुमुनाका १ सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि १ सय १३ मत आवश्यक पर्छ । यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७