TRENDING
होमपेज
प्रचण्ड र बाबुरामबीच भेटवार्ता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
भेटवार्तामा प्रचण्डको भारत भ्रमण, समाजवादी केन्द्रको गठन, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ अध्यक्ष र बाबुराम भट्टराईबीच करिब १ घन्टा लामो छलफल भयो। छलफल सकारात्मक भएको छ।’ पार्टी फुटाउने प्रयास गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले डा.भट्टराईलाई कारबाही गरेको छ। हाल उनी पार्टी पुनर्गठनको तयारीमा जुटेका छन्।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७