

पाल्पा। पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पु¥याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।
शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अभिभावक तथा विद्यार्थीको रोजाइमा परेको छ । विद्यार्थीको मनोभावनाअनुरुप विभिन्न कार्य गरी पठनपाठन गराउँदै आएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुुभयो। ‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इज्जत’ भन्ने नाराका साथ डिभिजन कार्यालयले हरेक वर्ष शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको छ ।
जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले अन्धकारमा रहेको व्यक्तिलाई ज्ञानको ज्योति छरेर शिक्षकले उज्यालोतर्फको बाटो तय गरिदिने गरेको बताउनुभयो । शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद पन्थले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पु¥याउने सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रदेश सरकारले सम्मान गर्दै आएको जानकारी दिनुभयो ।
प्रदेशका छवटा सामाजिक विकास डिभिजन कार्यालयमार्फत उत्कृष्ट शिक्षक र विद्यालयलाई सम्मान गरिँदै आएको जनाइएको छ । सो कार्यालयका प्रमुख हरिलाल अर्यालले विभिन्न सूचकहरूका आधारमा शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको बताउनुभयो ।
शिक्षाबाट थप समाचार
शिक्षकले आन्दोलन जारी राख्ने, सरकारसँग भएन सहमति
‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, – सांसद थिङ
एसईईको सबै तयारी सकियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७