TRENDING

चार सचिवको सरुवा

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदीलाई ल्याइएको छ । यसैगरी, कर्णाली प्रदेश सचिव राजकुमार श्रेष्ठलाई लोकसेवा आयोग र कर्णाली प्रदेशको प्रमुख सचिवमा डा. गोपी खनाललाई पठाउने निर्णय गरिएको छ ।