TRENDING

३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ। जनपद प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ।

हेर्नुहोस सूची ।