

काठमाडौं। सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित हुनुभएको छ ।परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो । अध्यक्ष शर्माले ७७२ मत प्राप्त गर्नुभयो भने अधिकारीले ५६८ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा प्रश्रय राजभण्डारी (६९६), गीता गुरुङ (५७८) र सहदेव धमला (६८३), महासचिवमा राजीव पाण्डे (६८१), सचिवमा रामचन्द्र गिरी (६५३) र कोषाध्यक्षमा पुण्यराम लगेजु (६३४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत पुष्पराम पौडेलले राससलाई जानकारी दिनुभयो । यस्तै आठ सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला शिङ्खडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेञ्जिन लामा र लालबाबु चौधरी विजयी हुनुभएको छ । कूल १५ सदस्यका लागि भएको निर्वाचनमा एक हजार ५९८ मतदातामध्ये झण्डै एक हजार ४०० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुभएको थियो ।
मतगणना सम्पन्न भएसँगै सञ्चारकर्मीसँग कुरा गर्दैै नवनिर्वाचित अध्यक्ष शर्माले समग्र ठमेल क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हाम्रो ठमेल, राम्रो ठमेल निर्माणका लागि आफू कटिवद्ध भएर लाग्ने बताउनुभयो ।
एक कार्यकाल आमन्त्रित केन्द्रीय सदस्य, एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भइसक्नुभएका शर्माको स्थायी घर बाग्लुङ हो । उहाँ लामो समयदेखि ठमेलमा स्पा, होटललगायत पर्यटकीय गतिविधिमा सङ्लग्न हुनुहुन्छ ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
राप्ति नदीमा गोही छाडियो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७