

काठमाडौं। बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ को गीत सार्वजनिक भएको छ। आइतबार फिल्मको ‘केसरिया’ बोलको गीत सार्वजनिक गरिएको हो। अरिजीत सिंहको स्वर रहेको गीतमा अमिताभ भट्टाचार्यको शब्द र प्रितमको संगीत छ। गीतको भिडिओमा रणवीर र आलियालाई प्रस्तुत गरिएको छ।
आयान मुखर्जीले निर्देशन गरेकाे फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका छ।
फिल्ममा एक्सन, रोमान्स र ड्रामा भरपूर छ। फिल्मको कहानी शिवामा आधारित छ जसको भूमिका रणवीरले निभाएका छन्। शिवा इशासँग प्रेम गर्छन्। इशाको भूमिकामा आलिया छिन्। शिवासँग एक सुपर-पावर छ, ‘अग्नीको शक्ति’। अमिताभ बच्चन ब्रह्मा र नागार्जुन भगवान विष्णुको भूमिकामा देखिएका छन् भने मोनी नकारात्मक भूमिकामा देखिएकी छन्। जो ब्रह्मास्त्रमा कब्जा गर्न चाहन्छिन्।
बलिउड हंगामाका अनुसार यो फिल्म तीन सय करोड भारूमा बनेको हो। योसँगै ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ। ‘ब्रह्मास्त्र’ले प्रदर्शन हुनुभन्दा अगाडि नै कीर्तिमान राखेको छ। यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ। यस सूचीमा पहिलो पटक भारतीय फिल्म परेको हो। ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ। फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ। फक्स स्टार स्टुडिओमा वाल्ट डिज्नी स्टुडिओ मोशन पिक्चर्सको सहकार्य रहेको छ।
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७