

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन पनि विरोधमा उत्रिन लागेको हो । नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा ‘एम। अधिकारी’को छद्म नामबाट संलग्न रहेको भन्दै र शैक्षिक योग्यतामा समेत प्रश्न उठाउँदै उनीहरुले गभर्नरको राजीनामा मागेका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आज बालुवाटारमा प्रदर्शन गर्न लागेको जानकारी दिए ।
गभर्नर नियुक्त हुन एमए उत्तीर्ण हुनुपर्नेमा उनले स्नातकसम्म मात्र अध्ययन गरेको भन्दै शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ । अधिकारीले भारतबाट सीए उत्तीर्ण गरेको प्रमाणपत्रको आधारमा गभर्नरमा नियुक्त भएको तर भारतमा सीए उत्तीर्णलाई नेपालमा समकक्षता नदिइएकाले उनको शैक्षिक योग्यता नपुग्ने दाबी गरिएको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७