TRENDING

पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने म्याद साउन ५ गते सम्म मात्र

काठमाडौं। पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन साउन ५ गते बिहीबार अन्तिम दिन हो । यसले आइपीओ भर्ने म्याद थपेर ५ गतेसम्म पुर्याएको हो । यस कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ बिक्री खुला गरेको होे । यसले प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ३२ हजार ६ सय कित्ता सेयर स्थानीयलाई बिक्रीमा ल्याएको हो ।
जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता छुट्याइएको छ । यस्तै, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरिएको छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस आइपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सकिनेछ । यसबहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत पनि उक्त आइपीओमा आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।